नियम २३
अनुमतिपत्र प्राप्त व्यक्तिहरू बीच विवाद परेमा गर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिहरू बीच दूरसंचार सेवा सम्बन्धमा विवाद परी नियम २२ बमोजिम प्राधिकरण समक्ष उजुरी परेमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिहरूलाई झिकाई आपसी छलफलबाट विवादको समाधान गर्नु पर्नेछ ।
११ (२) उपनियम (१) बमोजिम आपसी छलफलबाट विवादको समाधान हुन नसकेमा प्राधिकरणले सो प्रयोजनको लागि अनुमतिपत्र प्राप्त व्यक्तिहरूको एक एक जना प्रतिनिधिहरू र प्राधिकरणको एक जना प्रतिनिधि रहेको एक मध्यस्थ नियुक्त गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नियुक्त मध्यस्थले विवादको समाधान गर्नको लागि आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।
(४) उपनियम (२) बमोजिम नियुक्त मध्यस्थले पन्ध्र दिन भित्र विवादको समाधान सम्बन्धमा आफ्नो निर्णय गरिसक्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मध्यस्थले गरेको निर्णय सम्बन्धित अनुमतिपत्र प्रा व्यक्तिहरूलाई मान्य हुनेछ ।